सोनादामा ट्राफिक पुलिसद्वारा जागरूकता अभियान, वाहनहरूको जाँच जारी

सोनादा : सोनादा ट्राफिक पुलिसका ओसी सञ्जीव दत्तको अगुवाइमा ट्राफिक एएसआई मनोज तामाङ र एएसआई धनागोपाल अनि सिभिक भोलिनेटियरहरूको सहयोगमा सोनादाको ट्राफिक व्यवस्था अझ राम्रो बनाउने पहल शुरू गरिएको छ। यसको साथै सोनादालाई ड्रग मुक्त बनाउनको लागि यहाँ भित्र्याइने सम्भावनालाई ध्यानमा राखेर वाहन, बाइक, स्कुटीको गहन जाँच कार्य जारी रहेको बताइएको छ। यसैगरी, सोनादा पुलिसले वाहनहरूको कागजपत्रहरू जाँच गर्दै कोरोना भाइरसको खतरालाई मध्य नजर राखेर कोरेनाको नियमलाई पालन गरिएको छ अथवा छैन भन्ने विषयमा पनि जाँच गरिरहेको छ। यस अवसरमा ट्राफिक पुलिसको तर्फबाट मानिसहरूलाई ट्राफिक नियम लगायत कोरोना तथा ड्रग्समुक्त सोनादा बनाउनको लागि जागरूक पनि गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *