सोनादा मुण्डाकोठीका गोजमुमो भातृ संगठन-द्वारा नवनिर्वाचित कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन

सोनादा : सोनादाको मुण्डाकोठी चियाकमानको गोर्खा जनमुक्ति मोर्चाका सम्पूर्ण भातृ संगठनले गोर्खा जनमुक्ति मोर्चाको नव निर्वाचित कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन गर्ने घोषणा गरेको छ। आज गोर्खा जनमुक्ति मोर्चाका केन्द्रिय सदस्य राजेश चौहानको उपस्थितिमा मुण्डाकोठीस्थित बिच गाउँ सार्वजनिक भवनमा सम्पन्न गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभामा मुण्डाकोठीभित्र रहेको तीनवटा बुथ स्तरीय समितिका सम्पूर्ण पदाधिकारीहरू, कार्यकर्ता, भातृ संगठन, नारी मोर्चा, युवा मोर्चा, श्रमिक संगठनका प्रतिनिधिहरूको सभामा सांगठनिक चर्चा परिचर्चापछि सर्वसम्मतिले नवनियुक्त कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन जनाउने निर्णय लिएको सभापछि युवा मोर्चा समष्टि सभापति प्रभुदन देवानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *