सोनादा निवासी पेम्बा तामाङको भान्साघर जलेर खरानी

सोनादा (निसं) : सोनादाको चौकी डाँडा, पेट्रोल पम्पदेखि केही मुनि अवस्थित भालुटार बस्ती निवासी पेम्बा तामाङको घरमा ग्यास सिलेन्डर पड्किदा भान्सा घर लगायत त्यहाँ रहेको सबै सर-समानहरू जलेर नष्ट भएको छ। प्राप्त जानकारी अनुसार गत राति लगभग 11 बजेर 45 मिनटमा अचानक ग्यास सिलेन्डर विस्फोट हुँदा आगलागी भएको बताइएको छ। उक्त आगलागीमा भन्साघर लगायत भन्साघरको सबै सर-समानहरू जलेर खरानी भएको छ। यसको साथै आगोले झिल्काले प्रमिला तामाङ अनि भाइ सुमन तामाङको घरलाई पनि सामान्य क्षति पुराएको जानकारी प्राप्त भएको छ। सोनादा लोअर ग्राम पञ्चायतको सचिव कमल लामा अनि राबी थापाले पीडित परिवारलाई तारपोलिन तथा रिलिफ सामग्रीहरू प्रदान गरे। उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *