सोनादा पचेङ समष्टिमा शहीद दिवस पालन

सोनादा : सोनादा पचेङ समष्टिमा पनि आज शहीद दिवस पालन गरियो।  अलग राज्यको आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने गोर्खे सपूतहरूलाई स्मरण गर्दै आज सोनादा पचेङ समष्टिको विभिन्न ठाउँहरूमा शहीद दिवस पालन गरियो। गोजमुमो पार्टी कार्यालयमा पार्टीका कार्यकर्ताहरूको उपस्थितिमा शहीदहरूको प्रतिकृति अघि दीप प्रज्ज्वलन गरेर ती वीर वीरङ्गनाहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै नालीचऊर, रघुबीर बस्ती, सोनादा टीएन रोडमा अवस्थित शहीद वेदी तथा स्मारकहरूमा पनि दलका कार्यकर्ताहरूको उपस्थितिमा शहीदहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा सोनादा पचेङ समष्टिका पूर्व सभासद एवम् गोजमुमो केन्द्रीय सदस्य महेन्द्र प्रधान, समष्टि सभापति सोनाम लामा लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *