सोनादा पचेङका भरत गुरूङको अपरेशनको लागि आर्थिक सहयोगको अपील

सोनादा  : सोनादाको अप्पर पचेङस्थित पोखरी लाइनका भरत गुरुङ मेरूदण्डको समस्याले हाल रोगग्रस्त छन्। पारिवारिक आर्थिक स्थिति राम्रो नभएकोले गर्दा तिनको मेरूदण्डको अपरेशनको लागि आर्थिक सहयोग समाचार प्रकाशित र प्रसारण भएपछि हाल केही व्यक्तिहरू आर्थिक सहयोग गर्न अघि आएका छन्। अपरेशनको लागि मगरजुङका सचिन तामाङले तीन हजार आर्थिक सहयोग गरेका छन् भने नाली चउर भेट्रेन क्लबका सदस्यहरूले पनि भरत गुरुङलाई सहयोग गर्दै बिमारीको सुविधाको लागि एउटा पलङ र एयर म्याट्रेस प्रदान गरेको बताइएको छ। भरत गुरुङ परिवारमा एक्लो कमाई गर्ने मानिस भएकोले तिनको दुर्घटनामा परेर मेरूदण्डमा चोट लागेपछि अपरेशन गर्न परेकोले गर्दा यसको लागि धेरै खर्च लाग्ने भएकोले सबैसित तिनले सहयोगको अपील गरेका छन्। यदि कसैले पनि आर्थिक सहयोग गर्न चाहेको खण्डमा तिनको छोरीको ब्याङ्क एकाउन्ट AC-3698977138, आईएफसी कोड CBIN0280978, भूमिका गुरूङ, सीबीआई सोनादा ब्राञ्चमार्फत् रुपियाँ पठाउन सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *