सोनादा पचेङको पयुँ डाँड़ामा बाटोको खनन् कार्य शुरू

सोनादा: सोनादा पचेङ समष्टी अन्तर्गत पयुँ डाँड़ामा गाड़ी कुद्ने बाटोको लागि जेसीबीद्वारा खनन् कार्य थालियो । पूजा अर्चना गरेर थालिएको यस कार्यमा गोजमुमो सोनादा पचेङ समष्टिका पूर्व सभासद महेन्द्र प्रधान, समष्टी सभापति सोनाम तामाङ, नारी मोर्चा सचिव सावित्री छेत्री, अतीता छेत्री साथै गाउँका प्रतिनिधिहरू उपस्थित थिए। उक्त क्षेत्रमा गाड़ी जाने बाटो नभएर स्थानीयहरूलाई धेरै समस्या भइरहेको थियो । तिनीहरूको दीर्घ दिनदेखिको समस्या समाधान गरिदिएकोमा जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष बिनय तामाङ, पूर्व सभासद महेन्द्र प्रधान, समष्टी सभापति सोनाम तामाङ आदि प्रति स्थानीयहरूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *