सोनादा पुलिसद्वारा सचेतना शिविर

सोनादा: सोनादा पुलिस आउट पोष्टको आयोजनामा विभिन्न विषयमा सचेतना शिविरको आयोजना गरियो। उक्त सचेतना शिविरमा घरेलु हिंसा, पोक्सो कानुन, साईबर क्राइम, मानव तस्करी लगायत नि:शुल्क कानुनी सल्लाह विषयमा मानिसहरूलाई सचेतना गराइयो। उक्त सचेतना शिविरमा रंगमुक, सिडर्स चियाबारीका श्रमिकहरू विशेष रूपमा उपस्थित थिए। यस सचेतना शिविरमा प्यारा लिगल भोलेन्टियर्स प्रिती राई, रंगमुक सिडर्स चियाबारीको प्रबन्धक आनन्द छिरिङ तामाङ, सोनादा पुलिस आउट पोष्टको इन्चार्ज बन्दना प्रधान लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *