सोनादा पुलिसको पहलमा रक्तदान शिविर

सोनादा (निसं) : दार्जिलिङ पुलिसको तत्वावधान र सोनादा पुलिस आउट पोष्टको आयोजनामा सोनादामा रक्तदान शिविर सम्पन्न गरियो। उक्त रक्तदान शिविरमा आज सोनादा र वरिपरिका 40 भन्दा अधिक मानिसहरूले रगत दान गरे। यस अवसरमा दार्जिलिङ पुलिसको एएसपी सन्दीप कराई, सोनादा पुलिस आउट पोष्टकी ओसी बन्दना प्रधान, एएसआई फुर्बा पाख्रीन लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित रहेका थिए। उक्त रक्तदान शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ पुलिसको एएसपी सन्दीप कराईले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशन र दार्जिलिङ पुलिसको तत्वावधानमा आज सोनादामा रक्तदान शिविरको आयोजना गरिएको बताएका छन्। तिनले रगत बिमारीको लागि आपतकालीन सेवाको लागि हो भन्दै समाजको लागि दार्जिलिङ पुलिसको तर्फबाट सानो योगदान रहेको बताएका छन्। एएसपी कराईले मानिसहरू सबैलाई रक्तदान गर्ने अपिल पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *