सोनादा प्रतिबन्धित गुटका, पानमसाला सहित 3 जना पक्राउ

सोनादा : राज्य सरकारद्वारा गुटका, पानमसालाहरूमा प्रतिबन्ध लगाएपछि हाल विभिन्न ठाउँहरूमा पुलिसले ती प्रतिबन्धित गुटका बिक्री गर्नेहरूविरुद्ध छापा मार्ने कार्य शुरू गरेको छ। यसै क्रममा सोनादाबाट प्रतिबन्धित गुटका, पानमसाला बिक्री गरेको आरोपमा 3 जना दोकानेलाई पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार छापामार अभियान अवधि 80 प्याकेट राजनिवास 65 प्याकेट सिल्भर, 450 प्याकेट प्रिमियम जाफरी जर्दा, 150 प्याकेट बिमल पानमसाला, 57 प्याकेट पारस पानमसाला, 60 प्याकेट तमन्ना, 10 प्याकेट शिखर गुटका ती दोकानहरूबाट जफत गरेको छ। तीनैजना दोकाने विरुद्ध सम्बन्धित धारा अन्तर्गत मामिला दर्ता गरिएको बताइएको छ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *