सोनादा सामड्रुप दोर्जे छोईलिङ गुम्बाका लामा डेन्यो दोर्जे क्वारेन्टाइन मुक्त

सोनादा: सोनादा सामड्रुप दोर्जे छोईलिङ गुम्बाका लामा डेन्यो दोर्जे 21 दिनको क्वारेनटाइनको समय समाप्त गरेर क्वारेनटाइनमुक्त भएका छन्। यस अवसरमा तिनलाई सोनादाको सामड्रुप दोर्जे छोईलिङ गुम्बाका कर्मचारीहरू र बौद्ध भिक्षुहरूद्वारा खदा अर्पण गरेर स्वागत जनाइयो। तिनी दिल्लीबाट आएपछि 21 दिनसम्म सोनादको टिबेटन सेटलमेन्ट क्याम्पमा क्वारेनटाइनमा बसेका थिए। टिबेटन सेटलमेन्टमा क्वारेनटाइनमा राख्न व्यवस्था गरिदिने सेटलमेन्ट अफिसर तेन्जिङ याङजमप्रति लामा देन्यो दोर्जेले आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *