सोनादा स्कुल र होलीक्रस स्कुलको सभासद राजेश चौहानले गरे परिभ्रमण

सोनादा (निसं) : जीटीएको भाइस चेयरम्यान तथा रंगबुल धोतरिया मुण्डा समष्टिको क्षेत्रीय सभासद राजेश चौहानले आज सोनादा उच्चत्तर माध्यमिक विद्यालय र होली क्रस विद्यालयको भ्रमण गरे। विशेष गरेर हाल बन्द अवस्थामा रहेको बन्सल कम्पनी अधीनस्थ चियाबारीका नानीहरू पढ्ने विद्यालयहरूमा पुगेर तिनीहरूको समस्या विषयमा सोधखोज गरे। बन्सल कम्पनी अधीनस्थ पहाडको 10 वटा चियाबारीहरू हाल बन्द रहेको छ भने सभासद राजेश चौहानको आफ्नो समष्टीमा पर्ने तीनवटा चियाबारीहरू क्रमैले मुण्डा, रंगमुक र सिडर्स चियाबारीहरू पनि बन्द अवस्थामा रहेको छ। त्यसैले आफ्नो समष्टीमा रहेको तीनवटा बन्द चियाबारीबाट पढ्न आउने विद्यार्थीहरूलाई के-कस्ता असुविधा भइरहेको छ भन्ने विषयमा जानकारी लिनको लागि सभासद चौहानले स्कुलहरूको भ्रमण शुरू गरेका छन्। यसै क्रममा चौहानले आज सोनादा उच्चत्तर माध्यमिक विद्यालय र सोनादाको होली क्रस विद्यालयको भ्रमण गरेर यहाँ अध्ययनरत् विद्यार्थीहरूका समस्याहरूको जानकारी लिए। यस अवधि चौहानले स्कुलका विद्यार्थीहरूसित भेटघाट गरेर तिनीहरूको समस्याबारे सोधखोज गर्नको साथै समस्याको समाधान गरिदिने अनि कमान बन्द भए तापनि नानीहरूको पढ़ाईमा कुनै समस्या नहोस् भनेर शिक्षार्जनमा सहयोग गर्ने वचन दिएका छन्। सभासद चौहानले सोनादा उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक कल्याण कुमार तामाङसित पनि भेट गरे। सभासद चौहानले आफ्नो क्षेत्रमा 3 वटा बगानहरू बन्द रहेकोले स्कुलमा विद्यार्थीहरू भर्ना गर्न नसकेकाहरूलाई सहयोग गर्ने तथा भर्ना गरिसकेकाहरूको पनि पैसा फर्काइदिने बताएका छन्। तिनले आफ्नो क्षेत्रको स्कुलमा 50-60 प्रतिशत नानीहरू चियाबारी क्षेत्रबाट रहेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *