सोनादा स्वास्थ्य केन्द्रमा 50 भन्दा अधिकको स्वाब टेस्ट

सोनादा : जीटीएको पहलमा स्वास्थ्य विभागको तर्फबाट सोनादास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका 50 जनाभन्दा अधिक मानिसहरूको स्वाब टेस्ट गरिएको छ। यस कोरोना महामारीबीच कार्य गरिरहेको सोनादाका गैर सरकारी संस्था फ्रेण्डस फर एभरलाई सोनादा पचेङ समष्टिको पूर्व सभासद महेन्द्र प्रधानले पीपीई किट प्रदान गरेका छन्। यस विषयमा गोजमुमो केन्द्रीय सदस्य महेन्द्र प्रधानले सोनादा क्षेत्रका जनताद्वारा माग गरिए अनुसार स्वाब टेस्ट गरिने मशीन जडा़न गरिएको साथै यसमार्फत् हाल सबैभन्दा पहिला पाँचवटा रेड जोनबाट आएकाहरूलाई टेस्ट गरिने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *