सर्ट सर्किटले धेरै परिवारहरू प्रभावित, बीडीओ-द्वारा इलाकाको निरीक्षण

सिलगढी : पाँचकोलगढीमा सर्ट सर्किटले गर्दा सयभन्दा अधिक मानिसहरूको वैद्युतिक सामग्रीहरू क्षतिग्रस्त बनेको छ भने यहाँको धेरैवटा घरहरूमा बिजुली परिसेवा ठप्प बन्न पुगेको छ। घटनाको खबर पाएर राजगञ्जका बीडीओ पंकज कोनारले आज उक्त इलाकाको निरीक्षण गरेपछि डब्ल्युबीएसईडीसीएल-लाई एउटा रिपोर्ट पठाउने आश्वासन दिएका छन्। भोलि शुक्रबार साँझ फुलबारी 1 र फुलबारी 2-का ग्राम पञ्चायत प्रधानहरू लगायत डब्ल्युबीएसईडीसीएल- अधिकारीहरूसित एउटा बैठक गर्ने तिनले बताए। स्मरण रहोस्, पाँचकोलगढीको भालोबासा मोडमा आज दिउँसो सर्ट सर्किटले गर्दा सयभन्दा अधिक घरको मिटर बक्स, बिजुलीको तारहरू क्षतिग्रस्त बन्नको साथै टिभी, फ्रिज, पंखा, एसी बिग्रिएको बताइएको छ। घटनापछि विद्युत विभागका अधिकारी तथा कर्मचारीहरू उक्त इलाकामा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *