सौरभ गाङ्गुली स्वास्थ्य भएर फर्किए घर

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)-का अध्यक्ष तथा पूर्व भारतीय क्रिकेट टोलीका अधिनायक सौरभ गाङ्गुली स्वास्थ्य भएपछि आज कोलकाता अस्पतालबाट तिनलाई छुट्टी दिएको छ। छुट्टी पाएपछि अस्पताल बाहिर पत्रकारहरूसित कुराकानी गर्दै हाल आफु स्वास्थ्य रहेको बताए। तथापि, आफ्नो स्वास्थ्य ख्याल राख्नको लागि समय समयमा आस्पतालमा आएर जाँच गराउने डाक्टरले सल्लाह दिएको तिनले बताए। तिनले अस्पतालका हेरचाह गर्ने सबै डाक्टर, नर्स र स्वास्थ्य कर्मीहरूलाई धन्यवाद दिए। तिनकी स्वास्नी डोना गाङ्गुली सौरभलाई घर लैजानको लागि अस्पतालमा आएकी थिइन्। स्मरण रहोस्, गत केही दिन अघि सौरभ गाङ्गुली अचानक अस्वास्थ्य भएपछि तिनलाई कोलकाताको वुडल्यान्ड अस्पतालमा भर्ना गरेपछि उपचार चलिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *