सौरेनी बस्ती खप्तावली गाउँबाट 30 घर परिवार हिल तृणमूलमा सामेल

मिरिक : सौरेनी समष्टि अन्तर्गत सौरेनी बस्ती खप्तावली गाउँबाट 30 घर आज हिल तृणमूल कांग्रेसमा सामेल भएको छ। हिल तृणमूल कांग्रेस मिरिक खण्ड अध्यक्ष अनिल छेत्री अनि विकास प्रधानको उपस्थितिमा सम्पन्न एउटा सभामा खप्तावली गाउँका 30 परिवारले तृणमूल कांग्रेसलाई समर्थन जनाउँदै दलीय झण्डा ग्रहण गरे। हाल, चौतर्फी तृणमूल कांग्रेसमा सामेल हुने क्रम जारी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *