सौरेनी बजारको एटीएम अचल अवस्थामा रहेकोले उपभोक्ताहरु समस्यामा

मिरिक: मिरिक सौरेनी बजारमा रहेको एक मात्र एटीएम अचल अवस्थामा रहेकोले सौरेनी समष्टी क्षेत्रका उपभोक्ताहरु फेरि मिरिक बजार र कृष्णनगरमा नै धाउनु पर्ने स्थितिमा पुगेका छन्। बितेको वर्ष फरवरीदेखिनै यहाँको एटीएम अचल अवस्थामा रहेको उपभोक्ताहरुको गुनासो रहेको छ । सौरेनी बजारमा उक्त क्षेत्रका मानिसहरुको सुविधाहेतु इन्डिक्यास (Indicash) एटीएम सञ्चालनमा ल्याइएको थियो । एटीएम सञ्चालनमा आएपछि सौरेनी , फुवागढी , सिङ्बुली , घैयाबारी , मञ्जु, टिङ्लिङ, तोकलाङलगायत संलग्न क्षेत्रका उपभोक्ताहरु लाभान्वित भएका थिए । तर बितेको वर्ष फरवरीदेखि उक्त एटीएम अचल अवस्थामा रहेकोले सम्बन्धित पक्षलाई यस क्षेत्रका उपभोक्ताहरुले यथासिघ्र सञ्चालनमा ल्याउने निवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *