सौरेनी बजारमा गुरु पुर्णिमा उत्सव पालन

मिरिक: भारतीय जनता पार्टी सौरेनी पानीघट्टा मण्डल समितिले आज सौरेनी बजारमा गुरु पुर्णिमा उत्सव श्रद्धापूर्वक पालन गर्यो। उक्त उत्सवमा सौरेनी मिरिक क्षेत्रका वरिष्ठ समाजसेवी, लेखक, चिन्तक एवम् स्थापित पुस्तक प्रकाशक साथै अन्तर्राष्ट्रिय मानवअधिकार संगठनका राज्य समिति सचिव दधिराम घिमिरेलाई सम्मान जनाइयो। मण्डल अध्यक्ष प्रवीन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दार्जिलिङ जिल्ला सचिव तुलसी मास्के, बिकास शर्मा, बबिता गिरी, गौतम राई, अभिषेक राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *