सौरेनी बस्ती प्राथमिक स्वस्थ्य केन्द्र परिसरको सर-सफाई

मिरिक: मिरिक महकुमाको सौरेनी बस्ती पाथीभरा समाजको आयोजनामा आज स्थानीय सौरेनी बस्ती प्राथमिक स्वस्थ्य केन्द्र परिसरको साफ-सफाई गरियो । समाजका सचिव दिपक लोहारको नेतृत्वमा सम्पन्न सफाई अभियानमा समाजका सक्रिय कार्यकर्ताहरुले उत्साहपूर्वक भाग लिएका थिए। पर्यावरण संरक्षण एवम् स्वच्छ परिवेश सृजना गर्ने उद्देश्य राखेर सो अभियान चलाइएको तथा यस प्रकारको सामाजिक कार्यक्रम लगातार गरिने सचिव दिपक लोहारले जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *