सौरेनी हल्लने प्रधान गाउँमा ‘द्वारे सरकार’-बारे जागरूक

मिरिक :द्वारे सरकार अन्तर्गत प्रत्येक घर परिवारलाई सरकारको विभिन्न योजनाहरूबारे जागरुक गराउने लक्ष्य राखेर हिल टीएमसी अध्यक्ष एलबी राईको नेतृत्वमा आज सौरेनी हल्लने प्रधान गाउँमा पश्चिम बङ्गाल नेवार विकास एवम् सांस्कृतिक बोर्ड अध्यक्ष सुनिल प्रधानले परिभ्रमण गरे। गाउँको भ्रमण गर्दै प्रधान गाउँका नागरिकहरूको समस्या अभाव अनि गाउँको विभिन्न समस्याहरूबारे पनि पार्टी अध्यक्ष राई अनि बोर्ड अध्यक्ष प्रधानले विशेष रूपमा जानकारी लिए भने गाउँको सर्वाजनिक भवनको निम्ति 5 लाख रुपियाँ सहयोग गर्ने वचन दिए। तिनीहरूले भ्रमणको क्रममा अप्पर सौरेनी बस्ती खप्तवली गाउँको विभिन्न होम स्टेहरूको पनि निरीक्षण गर्दै होम स्टे सञ्चालकहरूसित कुराकानी गरेर सहयोगको आश्वासन दिए। तिनीहरूलाई हिल टीएमसी मिरिक महकुमा समिति अध्यक्ष अनिल छेत्री, युवा एकाईका अध्यक्ष सोभन घिसिङ, सचिव प्रणाम तामाङ, सौरेनी समष्टि अध्यक्ष निपेन्द्र भारतीयुवा एकाई अध्यक्ष पुण्य राई लगायत क्षेत्रका पार्टी प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *