सौरेनी मेची कमानमा एचपीडब्ल्युयु-को पक्षबाट पथसभा साथै प्रबन्धकलाई ज्ञापन पत्र

मिरिक: श्रमिकहरुको न्युनतम रोजदर लागू गरिनु पर्ने लगायत अन्य माग गर्दै आज मिरिकको सौरेनी मेची चियाबारीमा पनि गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्ल्युयु-को पक्षबाट पथसभाको आयोजना गर्नको साथै प्रबन्धकलाई भेटेर ज्ञापन पत्र समेत बुझाएको छ। आजको पथसभामा उपस्थित चिया श्रमिकहरूलाई एचपीडब्ल्युयु मिरिक ब्राञ्च कमिटी अध्यक्ष आरएस देवान, अतुल खवास, जीवन वाग्दी, टीका राणा, अशोक प्रधान आदिले सम्बोधन गरे। यस अवसरमा एचपीडब्ल्युयु-को पक्षबाट चियाकमानका श्रमिकहरूको विभिन्न मागहरुलाई लिएर कमान प्रबन्धकलाई ज्ञापन पत्र पनि चढाएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *