स्पाको नाममा देह व्यापार चलाएको आरोपमा सिलगढीबाट नाइके पक्राउ

सिलगढी : सिलगढीमा स्पाको नाममा देह व्यापार चलाएको आरोपमा पुलिसले नाइके सन्दीप कुन्डई उर्फ सेन्डीलाई पक्राउ गरेको छ। पुलिसले पक्रा परेका सन्दीपविरुद्ध इनमोरल ट्र्याकिङ एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्यो। उक्त मामिलाको जाँचको लागि पुलिसले आरोपीलाई  पुलिस रिमान्डमा राख्ने अदालतसमक्ष माग गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढी मतिगढास्थित एउटा शपिङ मलमा स्पाको नाममा देह व्यापार चलाइरहेको सिलगढी मेट्रोपोलिटन पुलिसले सूचना पाएपछि एसीपी मनीष यादवको नेतृत्वमा जाँच शुरू गरेपछि सन्दीप कुन्डई उर्फ सेन्डीको नाम थाह पाए। यसपछि पुलिसले गत राति मतिगढाबाट सन्दीपलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *