स्पा-को नाममा देह व्यापार चलाएको आरोपमा युवक सहित 3 जना पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटनको मतिगढा थाना पुलिसले मतिगढास्थित एउटा चर्चित सपिङ मलमा रहेको स्पा-मा अभियान चलाएर देह व्यापार चलाएको आरोपमा एकजना युवक र युवती सहित स्पाको मालिकनीलाई पनि पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा कुमार श्रेष्ठ (23), कृतिका राई (25) र स्पाको मालिकनी सुशीला छेत्री (29) सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति गोप्य सूचनाको आधारमा पुलिसले मतिगढा थाना अन्तर्गत उक्त चर्चित सपिङ मलमा रहेको एउटा स्पा-मा अभियान चलाउँदा एकजना युवक र युवतीलाई आपत्तिजनक स्थितिमा भेट्टाइएपछि स्पा-को मालिकनी सहित उक्त युवक र युवतीलाई पक्राउ गरेको बताइएको छ। तिनीहरूविरुद्ध पुलिसले इन्मोरल ट्राफिकिङ अन्तर्गत मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *