श्रम मन्त्री मलय घटकले फाँसीदेवामा चिया बगानका श्रमिकहरूलाई वितरण गरे पहिचान पत्र

फाँसीदेवा (निसं): फाँसीदेवा ब्लकको कमला चिया बगानमा आज श्रम मन्त्री मलय घटकले 100 जना श्रमिकहरूलाई पहिचान पत्र सुम्पिए। अभिषेक ब्यानर्जीको निर्देशमा उक्त पहिचान पत्र जारी गरेको बताइएको छ। बाग्राकोट बगानमा पनि हिज यस्तै प्रकारले पहिचान पत्र प्रदान गरिएको थियो। यस वाहेक बगानमा 50 वटा क्रेश हाउस र स्वास्थ्य केन्द्र पनि बनाइने भएको छ। यस अवसरमा श्रम मन्त्री मलय घटकले भने, ममता ब्यानर्जीको सरकार अवधि चिया श्रमिकहरूको वेतन 67 देखि बढ़ाएर 232 रूपियाँ पुगेको छ। पेयजलदेखि लिएर राशन निःशुल्क दिइँदैछ। चाय सुन्दरी परियोजना-को पनि काम चलिरहेको छ। यसको साथै 12 हजार घर बनाइँदैछ। यस अवधि बिल्डिंग तथा निर्माण बोर्डका चेयरम्यान रीतब्रत ब्यानर्जी सहित श्रम विभागका अधिकारीहरू पनि उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *