एसएसबी 19औँ बटालियनको  नयाँ भवन निर्माणको भूमि पूजन

खोरीबारी : एसएसबी 19औँ बटालियनको कार्यालयलगायत अन्य आवश्यक भवनको निर्माण कार्यको आज विधिवत रूपमा भूमि पूजन गरियो। यस अवसरमा एसएसबी महा निरीक्षक सीमान्त मुख्यालय सिलगढी कुमार बन्दोपाध्याय, उपमहानिरीक्षक क्षेत्रीय मुख्यालय रानीडाङ्गा अमित कुमार, जिल्ला अधिकारी किशनगञ्ज हिमांशु शर्मा, जिल्ला अधीक्षक किशनगञ्ज कुमार आशीष, 19औँ वाहिनीका कमान्डेन्ट मितुल कुमार, अभियन्ता सीमान्त मुख्यालय सिलगढी पीएस नेगी, कनिष्ठ अभियन्ता शंकर बनिक, चिकित्सा अधिकारी सीके दासलगायत बटालियनका अन्य पदाधिकारीगण उपस्थित थिए। भूमि पुजनको अवसरमा उक्त भूमिमा रुखका विरुवाहरू पनि रोपियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *