एसएसबी 19औ वाहिनीका जवानहरूद्वारा शपथ ग्रहण

नक्सलबारी: राष्ट्रीय मतदाता दिवसको उपलक्ष्यमा आज एसएसबी 19औ वाहिनीमा एउटा कार्यक्रमको आयोजना गरेर जवानहरूलाई शपथ ग्रहण गराइयो। एसएसबी 19औ बटालियनले दिएको जानकारी अनुसार राष्ट्रीय मतदाता दिवसको उपलक्ष्यमा आज लोकतान्त्रिक परम्पराहरूलाई यथावत् राख्ने तथा स्वतन्त्र, निष्पक्ष एवं शान्तिपूर्ण निर्वाचनको गरिमालाई अक्षुण्ण राख्दै निर्भीक भएर धर्म, जाति, समुदाय, भाषा अथवा अन्य कुनै पनि प्रलोभनबाट प्रभावित नभई आफ्नो निर्वाचनमा मताधिकारको प्रयोग गर्नेबारेमा सबै जवानहरूलाई शपथ दिलाइयो। कार्यक्रममा एसएसबी 19औ बटालियनका सह-कमान्डेट कोजा राम लोमरोर तथा नवीन कुमार राय लगायत अन्य अधिकारी एवम् जवानहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *