एसएसबी 41 नम्बर बटालियनको पहलमा सिभिक एक्सन कार्यक्रमको आयोजना

खोरीबारी : एसएसबी 41 नम्बर बटालियनको पहलमा आज पानीट्याङ्की क्षत्रियलाल माध्यमिक शिक्षा केन्द्रको मैदानमा सिभिक एक्सन कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमको माध्यमद्वारा स्थानीय स्कुलका विद्यार्थीहरूलाई खेलकूदको सामग्रीहरू वितरण गरियो।


यसको साथै स्थानीय युवक-युवतीहरूलाई स्वलम्बी बनाउने उद्देश्य लिएर 30 दिनको मोबाइल रिपेरिङ कोर्स पनि शुरू गरियो। यसबाहेक स्वास्थ्य जाँच शिविरको पनि आयोजना गरियो। यस अवसरमा 41 नम्बर बटालियनको कमान्डेन्ट सुभाष चन्द्र नेगी, हरजीत राव, चन्दन मिश्र, भिक्टो साहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *