एसएसबीद्वारा 12 वटा गाई-गोरू जफत

खोरीबारी : गोप्य सूचनाको आधारमा एसएसबी 19औँ वटालियनका जवानहरूले अवैध रूपले नेपालबाट भारततर्फ तस्करी गर्न ल्याइरहेको 12 वटा गाई-गोरू जफत गरेको छ। तथापि यस घटनामा कसैलाई पनि पक्राउ गर्न सफल नरहेको बताइएको छ। एसएसबी 19औँ बटालियन सूत्रले दिएको जानकारी अनुसार पिलर संख्या 106/10 नजिक एसएसबी-का जवानहरूले नेपालबाट अवैध रूपले तस्करी गर्न ल्याइरहेको 12 वटा गाई-गोरू जफत गरेको बताइएको छ। एसएसबीले उक्त जफत गरेको गाई-गोरू नजिकैको पुलिस थानामा सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *