एसएसबीद्वारा भारत भित्र्याइरहेको चारवटा गाई-गोरू जफत

खोरीबारी : एसएसबी 41औँ बटालियन अन्तर्गत डी कम्पनी कदोमनीजोतको जोरलाजोत बीओपीका जवानहरूले गश्ती अवधि नेपालबाट अवैध रूपमा भारततर्फ ल्याइरहेको गाई-गोरू जफत गरेको छ। तथापि, घटनामा कसैलाई पक्राउ गरिएको छैन। आवश्यक कार्वाहीपछि जफत गरेको अवैध गाई-गोरू खोरीबारी थानालाई सुम्पिदिएको छ। एसएसबीले दिएको जानकारी अनुसार भारत-नेपाल सीमास्थित पिलर संख्या 94 नजिक अवैध गाई-गोरू नेपालबाट भारततर्फ ल्याइरहेको समय जवानहरूले रोक्ने प्रयास गर्दा तस्करहरूले गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ भागे। एसएसबी जवानहरूले 4 वटा गाई-गोरू जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *