एसएसबीद्वारा चिकित्सा शिविरको आयोजना

नक्सलबारी: एसएसबी 19 औ वाहिनीद्वारा सीमा नजिक खटखटीमा एमसीए तथा भीसीए कार्यक्रमको आयोजना गरियो। यस अवसरमा गाउँका मानिसहरू तथा तिनीहरूको घरमा पालेका पशुहरूको जाँच गरेर निशुल्क दवाईहरू वितरण गरियो। एसएसबी सूत्रले दिएको जानकारी अनुसार खटखटीमा आज नि:शुल्क मानव चिकित्सा तथा पशु-प्राणीहरूको चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा लगभग 250 जनाले स्वास्थ्य जाँच गराए। यसैगरी, 200 भन्दा अधिक पशुहरूको चिकित्सा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *