एसएसबी-द्वारा चिनियाँ नागरिक पक्राउ

खोरीबारी : एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपीका बीआईटी कर्मीहरूले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति लोबसंग नाईमाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एकजना चिनियाँ नागरिक नेपाल जाने उद्देश्य लिएर भारत-नेपाल सीमा नजिक पानीटङ्याकीमा रहेको एसएसबीले गोप्य सुइँको पाएपछि पानीट्याङ्कीमा एसएसबीका जवानहरूले उक्त संदिग्ध व्यक्तिसित सोधखोज गर्दा तिनले भारतको भोटर कार्ड र आधार कार्ड देखाए। यसपछि सन्देह लागेर एसएसबीका जवानहरूले उक्त व्यक्तिलाई पानीट्याङ्की बीओपी लगेर छानबीन गर्दा प्यान कार्ड, चीनको आवासीय प्रमाण पत्र, भारतीय, नेपाली र चीनको मुद्रा, मोबाइल उद्धार गरेको बताइएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि उक्त व्यक्तिलाई रानीगञ्ज इमिग्रेशन चेक पोस्टलाई सुम्पिदिएको छ। इमिग्रेशन टीमद्वारा अग्रिम कार्वाही गर्दै चिनियाँ नागरिकलाई खोरीबारी थानालाई सुम्पिदिएको छ भने खोरीबारी थाना पुलिस अग्रिम कार्वाही शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *