एसएसबीद्वारा सिभिक एक्शन प्रोग्राम अन्तर्गत कार्यक्रमको आयोजना

खोरीबारी : एसएसबी 41औँ बटालियन रानीडाङ्गाको तर्फबाट सिभिक एक्शन प्रोग्राम अन्तर्गत देवीगञ्ज हाई स्कुल, उल्लाहजोत प्राइमरी स्कुल तथा अपग्रेड हाई स्कुल गलगलियामा एउटा कार्यक्रमको आयोजना गरियो। सिभिक एक्शन प्रोग्राम अन्तर्गत देवीगञ्ज हाई स्कुल तथा उल्लाहजोत प्राइमरी स्कुलमा आरओ प्लान्ट दिइयो भने अपग्रेड हाई स्कुल गलगलियामा खेलकुदका सामाग्रीहरू जस्तै प्रदान गरियो। खेल सामग्री प्रदान गरिएकोमा स्कुलको तर्फबाट एसएसबीलाई आभार व्यक्त गरियो। यस अवसरमा एसएसबी 41औँ बटालियनका कमान्डेट सुभाष चन्द्र नेगी, भातगाउँ क्याम्प इन्चार्ज इन्स्पेक्टर सत्यनारायण राम, अपग्रेड हाई स्कुल गलगलियाका प्रधानाध्यापक अर्जुन पासवान लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *