एसएसबी-द्वारा धेरै मात्रामा चाइनीज मटर जफत

खोरीबारी : एसएसबी 19औँ बटालियनले नेपालबाट अवैध रूपमा ट्र्याक्टरमा लादेर ल्याइरहेको धेरै मात्रामा चाइनीज मटर जफत गरेको छ। आवश्यक कार्वाहीपछि एसएसबीले जफत गरेको ट्र्याक्टरसहित चाइनीज मटर थानामा सुम्पिदिएको छ। एसएसबी 19औँ बटालियनले दिएको जानकारी अनुसार भारत-नेपाल सीमाको पञ्चायत इलाका करानमनी गाउँको पोथमारी नजिक एसएसबी जवानले एउटा ट्र्याक्टरलाई रोकेर छानबीन गर्दा 278 बोरा चाइनीज मटर उद्धार गरे। तथापि, एसएसबीको कार्वाही अवधि तस्करले सुइँकुच्चा ठोकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *