एसएसबीद्वारा गाई-गोरूहरूसहित एकजना व्यक्ति पक्राउ

खोरीबारी: भारत- नेपाल सीमास्थित एसएसबी 19औ बटालियनका जवानहरूले गश्ती लगाइरहेको समय नेपालबाट अवैध रूपमा ल्याइरहेको गाई-गोरूहरूसहित एकजना व्यक्तिलाई पक्रिएको छ। पक्रा परेका व्यक्ति अनि गाई-गोरूहरू पुलिस थानालाई सुम्पिदिएको छ। एसएसबी 19औं बटालियन सूत्रले दिएको जानकारी अनुसार जी कम्पनी पाठामारी एसएसबी क्याम्प अन्तर्गत बीओपी गणेश टोलका जवानहरूले पिलर संख्या 116/24 नजिक नेपालबाट अवैध रूपमा ल्याइरहेको गाई-गोरूहरूसितै एकजना व्यक्तिलाई पक्राउ गरेर पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *