एसएसबीद्वारा जयगाउँमा शुद्ध पिउने पानी व्यवस्थाको उदघाटन

जयगाउँ: भारत –भुटान सीमा क्षेत्रमा पर्ने जयगाउँ एक ग्राम पञ्चायतको रामगाउँ वार्डमा 53औ बटालियन सिमलबारी फालाकाटा एसएसबीद्वारा आज शुद्ध पिउने पानी व्यवस्थाको उदघाटन गरियो। यस सम्बन्धमा एसएसबीले सीमान्त क्षेत्रहरूमा बसोबासो गर्ने गाउँलेहरूलाई सुरक्षा उपलब्ध गराउनको साथै रोजगारमूलक तालिम पनि दिइरहेको कमान्डेन्ट अरविन्द कुमारले बताए। विशेष गरेर गाउँलेहरूको विकाशको लागि एसएसबी-ले ध्यान दिइरहेको छ। गाउँलेहरूको स्वास्थ्यको लागि शुद्ध पिउने पानी अति आवश्यक रहेकोले गर्दा एसएसबीले विभिन्न ठाउँहरूमा शुद्ध पिउने पानीको व्यवस्था गरिरहेको छ। यसैले गर्दा नै आज जयगाउँ एक ग्राम पञ्चायतको रामगाउँ वार्डमा पनि पिउने पानीको व्यवस्थाको उदघाटन गरिएको तिनले बताए। यसले गर्दा अब गाउँलेहरूको लागि 24 घण्टै पिउने पानी उपलब्ध रहनेछ। यस कार्यक्रम अन्तर्गत जयगाउँ भोजपुरी युवा मञ्च, मारवाड़ी युवा मञ्च अनि जयगाउँ वेलफेयर आर्गेनाईजेशन-लाई एसएसबी-को तर्फबाट सम्मानित गरियो। यस अवसरमा एसएसबी कमान्डेन्ट अरविन्द कुमार, एसआई निराज कुमार, कस्टम अधिकारी एसके प्रधान, वार्ड सदस्य श्रीमती सुष्मा मुर्मू, सुबोध कुमार, अनिल जैसवाल, दिनेश जैसवाल, सत्येन्द्र प्रसाद, जयन्त मूंधड़ा, अङ्कित अग्रवाल, मनोज घटानीलगायत ग्रामवासीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *