एसएसबी-द्वारा खोरीबारीमा तीस दिवसीय हेन्डमेड ज्वेलरी कोर्स प्रशिक्षण शिविरको आयोजना

खोरीबारी : खोरीबारीको मदनजोत जुनियर बेसिक स्कुलमा एसएसबी 41औँ बटालियन रानीडाङ्गाको तर्फबाट आयोजना गरिएको तीस दिवसीय हेन्डमेड ज्वेलरी कोर्स प्रशिक्षण शिविरको आज अतिथिहरूले दीप प्रज्ज्वलन गरेर शुभारम्भ गरे। यस अवसरमा एसएसबी 41औँ बटालियन कमान्डेट सुभाष चन्द्र नेगी, डिप्टी कमान्डेट रूपेश मधुवाल, असिस्टेन्ट कमान्डेट निखिल विश्वास, दीप प्रोफेशनल स्किल फाउन्डेशन सिलगढीका विजय सोनार, समाजसेवी रणदीप मिश्रा, सुफला बर्मन लगायत स्कुलका शिक्षकहरू उपस्थित थइए। एसएसबी सूत्रले दिएको जानकारी अनुसार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर उक्त तीस दिवसीय हेन्डमेड ज्वेलरी कोर्स प्रशिक्षण शिविरको आयोजना गरिएको हो। समाजसेवी रणदीप मिश्राले एसएसबीको उक्त पहलको सराहना गर्दै उक्त शिविरको माध्यमद्वारा गरिब परिवारको भरण पोषण लगायत गाउँको विकासमा सहयोग हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *