एसएसबीद्वारा मादक पदार्थ सहित 3 जना पक्राउ

खोरीबारी (निसं): एसएसबीले भारत-नेपाल सिमान्त इलाकामा अभियान चलाएर धेरै मात्रामा मादक पदार्थसहित  3 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा गौरसिंगजोत निवासी रवीन्द्र बर्मन (26), बुरागञ्जको बख्तरविटा निवासी लक्षीराम सोरेन (40) र अधिकारी निवासी सुजीत मण्डल (35) सामेल छन्। सूत्र अनुसार, एसएसबी 41औं बटालियनका जवानहरूले भारत-नेपाल सिमान्त इलाकाको खोरीबारी पानीट्याङ्की स्थित एउटा रेस्टुरेन्टमा छापामार अभियान चलाएर तीन जनालाई संदिग्ध अवस्थामा पक्राउ गरेर छानबिन गर्दा तिनीहरूबाट 205 ग्राम मर्फीन (मादक पदार्थ) उद्धार गरेको छ। यसपछि एसएसबी-ले आगामी कार्वाही गर्दै तीनै जनालाई खोरीबारी पुलिसको हातमा सुम्पिदिएको छ।  पक्रा परेका आरोपीहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। उद्धार गरेको मर्फीनको मूल्य लाखौं रूपियाँ बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *