एसएसबीद्वारा म्याराथन दौड़को आयोजना

खोरीबारी : फिट इण्डिया कार्यक्रम अन्तर्गत रानीडाङ्गामा एसएसबीको तर्फबाट आज म्यारथान दौड़को आयोजना गरियो। एसएसबी फ्रन्टियर, सेक्टर तथा 41औँ बटालियनको तर्फबाट उक्त अढाई किलोमीटरको म्यारथन दौड़को आयोजना गरेको बताइएको छ। यस अवधि सेक्टर रानीडाङ्गा अमित कुमार, 41औँ बटालियनका सेकेन्ड इन कमान्डेन्ट गिरीश चन्द्र पाण्डे, डिप्टी कमान्डेन्ट एमडी तामाङ लगायत अन्य अधिकारी महिला, युवा एवम् नानीहरू उपस्थित थिए। उक्त म्याराथान दौड प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई पुरष्कृत पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *