एसएसबी-द्वारा निःशुल्क स्वास्थ्य जाँच तथा पशु चिकित्सा शिविरको आयोजना

खोरीबारी : एसएसबी 41औँ बटालियनको तर्फबाट सिभिक एक्शन कार्यक्रम अन्तर्गत बीओपी बाजारुचाट गाउँमा आज निःशुल्क स्वास्थ्य जाँच तथा पशु चिकित्सा शिविरको आयोजना गरियो। उक्त शिविरमा क्षेत्रका मानिसहरूले आफ्नो स्वास्थ्य जाँच गरे भने तिनीहरूलाई निःशुल्क दबाई पनि वितरण गरियो। अर्कोतिर,  शिविरमा पशुहरूको पनि जाँच गरियो। यस अवसरमा एसएसबी 41औँ बटालियनका कमान्डेट (मेडिकल) डा. रिङ्कु दे, सेक्टर हेडक्वार्टर रानीडाङ्गा कमान्डेट (पशु) डा. विक्टो साहा, 41औँ बटालियन डिप्टी कमान्डेट ओकेन्द्र सिंह, असिस्टेन्ट कमान्डेट हरजीत राव लगायत अन्य जवानहरू उपस्थित थिए। निःशुल्क जाँच शिविरमा स्वास्थ्य जाँच गराउन आएका मानिसहरूले एसएसबीद्वारा आयोजित उक्त शिविरको सराहना गर्दै तिनीहरूप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *