एसएसबी-द्वारा सचेतनता तथा सतर्कता सप्ताह पालन

सिलगढी : देशभरिमै गत 26 अक्टोबरदेखि 1 नोभेम्बरसम्म सचेतनता तथा सतर्कता सप्ताहको रूपमा पालन गरिरहेको छ। यसै क्रममा आज एसएसबीको तर्फबाट सचेतनता तथा सतर्कता सप्ताह पालन गरियो। यस अवसरमा एसएसबी सेक्टर हेड क्वार्टर रानीडाङ्गाको तर्फबाट एउटा र्‍यालीको आयोजना गरियो। उक्त र्‍यालीमा रानीडाङ्गा पूर्व धनसराजोत जनकल्याण समिति एवम् गोजोरिओ कराटे एसोसिएसनका सदस्य तथा अन्य सामेल थिए। यस सम्बन्धमा एसएसबीका डीआईजी अमित कुमारले भने, भ्रष्टाचारमाथि अंकुश लगाउनको लागि साधारण मानिसहरूलाई जागरूक गर्ने उद्देश्य लिएर उक्त र्‍यालीको आयोजना गरिएको हो। एसएसबी सेक्टर हेड क्वार्टरको रानीडाङ्गाबाट र्‍याली निकालेर मेडिकल मोड हुँदै पुनः सेक्टर हेड क्वार्टरमा पुगेर समापन गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *