एसएसबीद्वारा स्कुलमा विभिन्न कार्यक्रमको आयोजना

खोरीबारी : एसएसबी 41औँ बटालियनको डाङ्गुजोत एसएसबी क्याम्पको तर्फबाट देवीगञ्ज हाई स्कुलमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्यो। एक भारत श्रेष्ठ भारत अन्तर्गत देवीगञ्ज हाई स्कुलका छात्राहरूलाई आत्मरक्षा गर्ने उद्देश्य लिएर कराते विषयमा जानकारी गराइयो। यसको साथै स्कुलका विद्यार्थीहरूमाझ क्विज प्रतियोगिताको पनि आयोजना गरियो भने प्रतियोगितामा विजयी प्रतियोगीलाई पुरस्कृत पनि गरियो।


यस अवसरमा एसएसबी क्याम्प डाङ्गुजोत कम्पनी इन्चार्ज इन्स्पेक्टर रवि कुमार, एएसआई बरखा निरङ्कारी, स्कुलका शिक्षकलगायत अन्य जवानहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *