एसएसबी जवानहरूद्वारा आगो नियन्त्रण, जोगियो ठूलो दुर्घटना हुनबाट

खोरीबारी: 19वाहिनी सशस्त्र सीमा बलका जवानहरूले कामत बस्ती नजिकमा रहेको पाठामारी गाउँमा बुधवार अचानक आगो लागेपछि एसएसबीका जवानहरू तत्कालै घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ। एसएसबी 19औ बटालियन सूत्रले दिएको जानकारी अनुसार एसएसबी सीमा चौकी कामत बस्तीमा बिहानको लगभग तीन बजे क्याम्प नजिक पाठामारी गाँउको एउटा घरमा आगो लागेको खबर पाएपछि तुरन्तै  कार्वाही गर्दै एसएसबी-का सातजना जवान घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याए। प्राप्त जानकारी अनुसार पाठामारी निवासी मनोज मलिकको घर पूर्ण रूपमा जल्न नपाए तापनि भान्सा घरलगायत केही सुगाफाटाहरू जलेको छ। आगो के कारणले लाग्यो भन्नेबारे थाहा नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *