एसएसबीका जवानद्वारा 13 वटा गाई-गोरू जफत

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनका जवानहरूले 13 वटा गाई-गोरू अवैध रूपमा नेपालबाट भारत ल्याइरहेको समय जफत गरेको छ। तथापि यस मामिलामा कसैलाई पक्राउ गरिएको छैन। एसएसबी सूत्रले दिएको जानकारी अनुसार 41औँ बटालियन नेगराडुब्बा बीओपीका जवानहरूले भारत-नेपाल सीमामा नाका चेकिङ गरिरहेको समय पिलर संख्या 104/116 तथा 104/117 बीच नेपालबाट अवैध रूपमा गाई-गोरू ल्याइरहेको देखेपछि एसएसबी जवानहरूले भारतको सीमामा रोक्ने प्रयास गर्दा गाई-गोरू त्यहीँ छोडेर तिनीहरू चम्पट कसेको बताइएको छ। एसएसबीले आवश्यक कार्वाहीपछि जफत गरेको गाई-गोरू स्थानीय थानालाई सुम्पिदियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *