एसएसबी-का जवानले गोली हानेर गरे आत्महत्या

नक्सलबारी : नक्सलबारीको बड़मणिराम जोतको एसएसबी 8औँ बटालियनका जवानले आफैलाई दुई राउण्ड गोली हानेर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक जवान 30 वर्षीय रकम रावको रूपमा चिन्हित गरिएको छ।  घटनापछि गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *