एसएसबी-को गाउँलेहरूसँग समन्वय बैठक

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको डाङ्गुजोत एफ कम्पनी अन्तर्गत ताराबारी एसएसबी बीओपी-मा आपसी समन्वय बनाइ राख्ने उद्देश्यले उक्त क्षेत्रका मानिसहरूलाई लिएर क्याम्प इन्चार्ज एएसआई जीडी सौमेन हलदरको अध्यक्षतामा एउटा बैठकको आयोजना गरियो। उक्त बैठकमा मुख्य रूपमा सीमामा अवैध गतिविधिहरू रोक्नेलगायत अन्य विभिन्न विषयहरूमा चर्चा-परिचर्चा गरियो। बैठकमा एसएसबीले गाउँलेहरूलाई आपसी सहयोग गर्ने अपील गरे भने गाउँलेहरूले पनि आफ्नो केही असुविधाहरूबारे बताए। यसको साथै बैठकमा कोरोना भाइरसबारे पनि विशेष जानकारी गराइयो। उक्त बैठकमा एसएसबीका जवानहरू लगायत ग्रामीण गणेश मुर्मु, नयन घोष, रतन घोष, बोलो घोष, रोशन मुर्मु, शैल टुडु, सावित्री एवम् अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *