एसएसबी-को तर्फबाट युवतीहरूलाई ब्यूटीशियन कोर्स

नक्सलबारी: एसएसबी 41औ बटालियनको तर्फबाट नक्सलबारी पानीघाटा मोड़ नजिक राजीव गाँधी कम्प्युटर सेन्टरमा आजदेखि एक महिनाव्यापी ब्यूटीशियन कोर्स आर्भ गरियो। यस अवसरमा नक्सलबारी पञ्चायत प्रधान अरुण घोष, एसएसबी 41औ बटालियनका सेकेन्ड इन कमान्डेट जीसी पाण्डे, सुफला बर्मन, विकास घोष, सुमिता दत्ता आदि उपस्थित थिए। आजदेखि सुरू भएको ब्यूटीशियन कोर्समा मोठ 20 जना बिद्यार्थीले प्रशिक्षण लिइरहेको बताइएको छ। अर्कोतिर, एसएसबी भात गाउँ बीओपीमा पनि आज एक महिनाव्यापी ह्याण्डमेड ज्वेलरी कोर्सको उद्घाटन गरियो। यस कार्यक्रममा पञ्चायत मुखिया बृजमोहन सिंह, एसएसबी 41औ बटालियनका विभिन्न पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *