एसएससी घोटाला: पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जी पक्राउ

कोलकाता : लगभग 26 घण्टासम्म लगातार केरकार गरेपछि अन्ततः पश्चिम बंगालका पूर्व शिक्षा मन्त्री तथा वर्तमान शिल्प मन्त्री पार्थ च्याटर्जीलाई आज बिहान ईडी (Enforcement Diretorate)-ले पक्राउ गरेको छ। स्मरण रहोस्, हिजो बिहानदेखि तिनलाई लगातार 26 घण्टासम्म ईडी-ले केरकार गरेपछि आज पक्राउ गरिएको छ।


स्कुल सर्भिस कमिसनमा घोटाला भएको तिनीमाथि आरोप रहेको छ। ईडी-ले पार्थ च्याटर्जीको नजिकको छिमेकी अर्पिता मुखर्जीको घरमा हिजो अचानक छापामार अभियान चलाउँदा अनुमानित 21 करोड रुपियाँ सहित धेरै मात्रामा सुनका बहुमूल्य गर-गहनाहरू उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *