स्टेट ब्याङ्कका कर्मचारीहरूद्वारा शिक्षकहरूलाई सम्मान

खरसाङ (निसं) : शिक्षक दिवसको अवसरमा भारतीय स्टेट ब्याङ्क खरसाङ शाखाको तर्फबाट शिक्षकहरूलाई सम्मान जनाइयो। भारतीय स्टेट ब्याङ्क खरसाङ शाखाको शाखा प्रबन्धक साङ्गे ज्याङमो शेर्पाको अगुवाइमा शिक्षकहरूलाई सम्मान गर्ने कार्य गरियो। जानकारी अनुसार शिक्षक दिवसको अवसरमा भारतीय स्टेट ब्याङ्क खरसाङ शाखाको तर्फबाट पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक सन्तबहादुर प्रधान (सप्त सर) र खरसाङ महाविद्यालयको प्राचार्य डा. समीर बललाई तिनीहरूको घर-घरमै गएर सम्मान जनाइयो।


यस अवसरमा दुवैलाई खदार्पणसहित शल ओढ़ाएर सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। दुवै शिक्षकलाई समाजमा शिक्षाको माध्यमले दिएको बहुमूल्य योगदानको लागि धन्यवादसहित घरमा पुगेर नै सम्मान गरिएको खरसाङ ब्याङ्क शाखाको डेपुटी प्रबन्धक वाङ्देन थिन्ले यल्मोले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *