एसटीएनएम अस्पताल काण्डमा गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् उपचारको लागि लगियो सिलगढी

गान्तोक : सिक्किमको राजधानी गान्तोकस्थित एसटीएनएम अस्पतालमा हिज एकजना व्यक्तिद्वारा छुरीले हमला गर्दा गम्भीर रूपमा घाइते भएका डाक्टर सञ्जय उप्रेती अनि सेनेटेरी एटेन्डेन्ट श्रीमती कला छेत्रीको अवस्था अझ बिग्रिएपछि ती दुवैजनालाई सिलगढीको एउटा निजी नर्सिङ होममा भर्ना गर्नको लागि पठाइएको छ।


राज्यका मुख्यमन्त्री पीएस गोलेको पहलमा तिनीहरूको बिग्रिँदो स्थितिलाई ध्यानमा राखेर आज भारतीय सेनाको हेलिकप्टर मार्फत् मेडिकल टीमको साथमा सिलगढीको न्यूटिया सुपर स्पेसिलिटी हस्पिटलमा लगिएको छ। स्मरण रहोस्, गान्तोकको एसटीएनएम अस्पतालमा डाक्टर सञ्जय उप्रेती र नर्स कला छेत्रीलाई छुरीले प्रहार गरेर गम्भीर रूपमा घाइते बनाएको आरोपमा सिक्किम पुलिसले थिनले भुटियालाई पक्राउ गरेपछि धारा 307,326 र 353 अन्तर्गत मामिला दर्ता गरेर आज कोर्टमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *