स्ट्रीट डान्सर 3 डी च्यालेन्ज जिते सिलगढीका पपीङ सन्डे-ले

सिलगढी : सिलगढीको मिलन मोड़ निवासी सन्दीप ब्राह्मण (शर्मा) उर्फ पपीङ सन्डेले स्ट्रीट डान्सर 3 डी च्यालेन्ज प्रतियोगितामा पहिलो पुरस्कार हत्याउन सफल बनेका छन्। उक्त पुरस्कारसँगै तिनलाई नगद 50 हजार रुपियाँ प्राप्त भएको बताइएको छ। यसबाहेक उक्त प्रतियोगिता जिते वापत् बलिउडका चर्चित नायक वरुण धवन अनि नायिका श्रद्धा कपुरको म्युजिक भीडियोमा डान्स गर्ने मौका पनि तिनले पाएका छन्। स्ट्रीट डान्सर 3 डी च्यालेन्ज जितेर आफ्नो ठाउँ तथा जातिको नाम उच्च पारेकोमा आज तिनको पैतृक स्थल मिलन मोड़का मानिसहरूले फुल माला खदा लगाइ दिएर पपीङ सन्डेलाई भव्य रूपमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *