स्ट्रीट लाइटहरू खराब भएपछि राजगञ्ज पानीकौरीका मानिसहरू समस्यामा

राजगञ्ज : गत केही महीनादेखि पानीकौरी ग्राम पञ्चायत कार्यालय नजिकको स्ट्रीट लाइटहरू खराब भएकोले साधारण मानिसहरूलाई उक्त बाटो भएर आवत-जावत गर्न निक्कै समस्या भइरहेको छ। राजगञ्ज ब्लकको फाटापुकुरमा पानीकौरी ग्राम पञ्चायत कार्यालय नजिक एउटा लाइटको खाबो रहेको छ। स्थानीय सूत्रअनुसार लगभग दुई वर्षअघि सिलगढी जलपाईगुढी विकास प्राधिकरणको तर्फबाट उक्त लाइटको खाबो लगाइएको थियो। यसको एक वर्षपछि उक्त लाइटहरू खराब भएकोले साँझ परेपछि उक्त ठाउँ भएर आवत-जावत गर्ने मानिसहरू लगायत व्यवसायीहरूलाई निक्कै असुविधा हुने गरेको गुनासो रहेको छ। पानीकौरी ग्राम पञ्चायतका प्रधान आलोक रायले बिजुली विभागलाई यसबारे जानकारी दिए तापनि हालसम्म उचित पहल नगरेको तिनको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *